Aamsanchar

जेब्रा झोला भित्र पुरुषको दाहिने खुट्टा र टाउको फेला

Author Image
बिहिवार, फागुन ५, २०७८

प्रतिकात्मक तस्वीर ।

सुनसरी । सुनसरीको धरान–४ स्थित ९ किलोमिटर भन्ने स्थान (भेडेटार जाने बाटो) मा जेब्रा झोलामा एकजना पुरुषको कुँहिन थालेको ० अवस्थामा टाउको र खुट्टा फेला परेको छ ।

झोलामा पोको पारेको अवस्थामा एक पुरुषको दाहिने खुट्टा र टाउको भाग अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी संजय सिंह थापाले जानकारी दिए । उनले भने‘ यो शव एक हप्ता जति पुरानो देखिन्छ । शरीरका अन्य भाग जंगली जनावरहरुले खाए भन्ने अवस्था पनि छैन् किनकी झोलाको भाग खुलेको पनि छैन् यो योजनावद्ध ढगंले रिसिबी साध्न हत्या गरिएको हुनुपर्छ । ’

अनुसन्धानमा माहिर मानिने संघिय एकाई प्रहरी कार्यालय धरानका एसपी भीम दाहालका अनुसार हाल यो शव टाउको भने चिनिने अवस्थामा छैन तर, टाउको फेला परेको छ त्यसलाई हामी सफा गछौ त्यसपछि मात्र शवको पहिचान खुल्छ । उनले भने यो घटनालाई सरसरि हेर्दा पुरुषको हत्या पछि बाच्नु सक्छ भन्ने उदेश्यका साथ उसको खुट्टा र टाउकोमा धारिलो बस्तु प्रहार गरिएको छ त्यसैले फेला परेको शवको भाग केही टुक्रिएको हो ।

रोडदेखि करिब ४७ फिट मुनी जेब्राभित्र भेटिएको खुट्टा र टाउकोले प्रहरीले घटना स्थान मुचुल्का गरी शव विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको छ ।

स्थानीयले सिस्नु टिप्नु जाँदा सिनु गन्हाए पछि सो घटनाबारे शव भेटियो भनेर प्रहरीलाई खबर पुगेको हो । दाहालका अनुसार उनका अनुसार टाउकोको प्रकृति हेर्दा ३५ वर्षको पुरुषजस्तो देखिएको छ । ५ दिन पुरानो शव हो । शरीर र अन्य भागको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Views: 668

प्रतिक्रिया (०)

सम्बन्धित खबर