

काठमाडौं – नेपालले आईसीसी ट्वान्टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोटको पहिलो खेलमा ओमानविरुद्ध टस हारेर पहिला ब्याटिङ गर्ने भएको छ ।

आज मस्कटस्थित अल अमारत क्रिकेट मैदानमा घरेलु टोली ओमानका कप्तान जिशान मकसुदले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेपछि नेपालले पहिले ब्याटिङ् गर्ने भएको हो ।नेपाली टोली
सन्दीप लामिछाने (कप्तान), कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, आरिफ शेख, जितेन्द्र मुखिया, अभिनाश बोहरा, कमलसिंह ऐरी, विवेक यादव र लोकेश बम ।
Views: 104

