Aamsanchar

लभ इमोजी प्रयोग गरे जेल सजाय हुने !

Author Image
शनिवार, फागुन ७, २०७८

सामाजिक सञ्जालका विभिन्न एपमा विभिन्न इमोजी छन्। तीमध्ये ‘लभ साइन’ पनि एक हो। साउदी अरबमा भने ह्वाट्स एप प्रयोगकर्ताले लभ इमोजी प्रयोग गरे जेल सजायसम्म हुन हुन्छ।

साउदी अरबका साइबर अपराधका एक विज्ञले ह्वाट्स एपमा लभ इमोजी पठाउने जो कोहीलाई जेल सजाय हुन सक्ने बताएका छन्। लभ साइन वाला इमोजी पठाउँदा साइबर अपराध हुन सक्ने भन्दै यदि पठाउने व्यक्ति दोषी पाइएमा उसलाई दुईदेखि पाँच वर्षसम्मको जेल सजाय र १ लाख रियाल जरिवाना पनि हुनसक्ने​ओकाज अखबारलाई उद्धृत गर्दै  गल्फ न्युजले जनाएको छ।

एण्टी फ्रण्ड एसोसियशनका सदस्य अल मोटाज कुल्बीले कुनै कुनै साइनले ह्यारेसमेन्टलाई बढुवा दिन सक्ने भएकाले ह्वाट्स एप चलाउँदा ध्यान दिनुपर्ने सुझाव दिएका छन्। उनले सहमतिबिना कुनै पनि प्रयोगकर्तासँग यस्ता खालको इमोजी प्रयोग गर्दा  असहज हुन सक्नेप्रति पनि सचेत गराएका छन्।

‘उक्त इमोजी उत्पीडनको संकेत हो‚’ उनले भनेका छन्‚ ‘अनलाइन कुराकानीको क्रममा यदि उक्त इमोजीले कसैले असर पर्छ र मुद्दा दायर भएको खण्डमा उत्पीडनको अपराधमा परिणत हुन सक्छ।’

Views: 542

प्रतिक्रिया (०)

सम्बन्धित खबर