Aamsanchar

५० वर्षीय बाबुको हत्या आरोपमा १७ वर्षीय छोरा पक्राउ

Author Image
शनिवार, फागुन ७, २०७८

संखुवासभा – सभापोखरी गाउँपालिका–२ वितलवमा एक किशोर बाबुको हत्या आरोपमा पक्राउ परेका छन्। ५० वर्षीय दलबहादुर दर्जीको हत्या गरेको उनका १७ वर्षीय छोरा पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक शुभेष अधिकारीका अनुसार शुक्रवार राति करिब १२ बजे ती किशोरले दलबहादुरलाई ह्याम्मरले प्रहार गरेका थिए। उनको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक अधिकारीले बताए। ती किशोर दलबहादुरका साइँला छोरा हुन्।

घटनाबारे अनुसन्धान भइरेहको प्रहरी निरिक्षक अधिकारीले बताए। शव पोष्टमार्रटमका लागि जिल्ला अस्पताल संखुवासभा ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 268

प्रतिक्रिया (०)