बिर्तामोड । झापाको पुरानो पत्रिका बरुण साप्ताहिककी सम्पादक माया पकुवालको निधन भएको छ । पकुवालको सोमबार विहान साढे तीन बजे निधन भएको हो ।
केहि बर्षअघि पकुवालको मृगौलाको सफल प्रत्यारोपण भएको थियो । प्रत्यारोपण पश्चातपनि पत्रकारितामा सक्रिय पकुवाललाई केहिदिन अघि स्वास्थ्यमा समस्या देखिएपछि ओमसाई अस्पताल भर्ना गरिएको थियो । उनको सघन उपचार कक्षमा उपचारकै क्रममा अस्पतालमा निधन भएको पारिवारिक श्रोतले बताएको छ । भद्रपुर निवासी पकुवालको श्रीमान् र दुई छोरी रहेका छन् ।
नेपाल पत्रकार महासंघ झापाकी सदस्य पकुवाल नारी सञ्चार गृह, प्रेस क्लब भद्रपुर लगायत संघसंस्थाहरुमा आवद्ध रहेकी थिइन् ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 403