Aamsanchar

बाढी पहिरोमा परी ब्राजिलमा १४६ जनाको मृत्यु

Author Image
सोमवार, फागुन ९, २०७८

रियो दी जेनेरो – ब्राजिलियन सहर पेट्रोपोलिसमा चार दिनअघि आएको विनाशकारी बाढी तथा पहिरो बेपत्ता भएका जीविति व्यक्तिहरूको खोजिकार्यलाई खराब मौसमले अवरोध पु‍र्‍याइरहेको छ ।

भीषण वर्षाको कारण शनिबार आपतकालीन उद्धार टोलीले पटक-पटक आफ्नो काम रोक्नुपरेको थियो । साथै उद्धारकर्ताहरूले अब कोही जीवितै फेला पर्ने सम्भावना पनि निकै न्यून रहेको बताएका छन् ।

सरकारी अधिकारीहरूले यस प्राकृतिक प्रकोपमा २७ जना बालबालिका तथा किशोर किशोरी लगायत १४६ जनाको ज्यान गएको र १९१ जना अझै हराइरहेको पुष्टि गरेका छन् । स्वयम् सेवकहरूसमेत सम्मिलित उद्धार टोलीले ४१ वटा तालिम प्राप्त कुकुरसमेतको सहयोगमा भग्नावशेषमा जीवित व्यक्तिहरूको खोजी गरेको थियो । एउटा पहाडी इलाकामा रहेका असीवटा घर एकैसाथ पहिरोमा पुरिएको थियो ।

राष्ट्रपति जाइर बोलसोनारोले बाढीपहिरोग्रस्त स्थलको हवाई अनुगमन गरेका थिए ।

Views: 211

प्रतिक्रिया (०)

सम्बन्धित खबर