Aamsanchar

उपभोक्ता सचेत हुने की ! अखाद्य मह तथा बिस्कुट उत्पादन एवं बिक्री वितरण गर्ने कम्पनी सिल

Author Image
सोमवार, फागुन ९, २०७८

ललितपुर जिल्लाको सुनाकोठीमा रहेको स्पर्श मह उद्योगमा प्रहरीले छापामारी सिल गरेको छ ।

अखाद्य बस्तुहरुको उत्पादन एवं बिक्री वितरण गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको बिशेष टोलीले उद्योगमा छापामार्दा अखाद्य बस्तु प्रयोग गरेको प्रमाण फेलापारे पछि आज उक्त उद्योगमा शिल गरिएको महानगरीय अपराध महाशाखाका प्रवक्ता कृष्णप्रसाद कोईरालाले जानकारी दिए ।

ललितपुर महानगरपालिका वडा नं २७ सुनाकोठी ओखटमा गुणस्तरहिन मह उत्पादन गरेको अभियोगमा स्पर्श फुड प्रोडक्ट एण्ड प्याकेजिङ कम्पनी प्रा.लि.का संचालक जिल्ला सिन्धुपाल्चोक बाडेगाउँ गाउँपालिका वडा नं १ घर भई हाल काठमाडौं ज्याठामा बस्ने बर्ष ४४ को नरबहादुर श्रेष्ठलाई गत फागुन ६ गते अखाद्य बस्तुहरु विक्री गरेको अभियोगमा पक्राउ गरेको थियो ।

त्यसैगरी अखाद्य बस्तु उत्पादन गरि बिक्री गर्दै आएको श्रीतारा फुड्स एण्ड स्पाइसी प्याकेजिङ प्रा.लि.’मा पनि प्रहरीले अनुगमन गर्दा   विगत ३ वर्ष देखि म्याद नाघेका खाद्य बस्तु बजारमा बिक्रि नभई फिर्ता भएका कुकिज बिस्कुट तथा सडेगलेका पाउरोटीहरुलाई पुनः धुलो बनाई कुकिज टोष्ट तथा अन्य बिस्कुटहरु बनाई बजारमा बिक्रि बितरण गर्दै आएको फेलापारी खाद्य तथा गुण नियन्त्रण बिभाग बबरमहल समेतको रोहबरमा दुवै कम्पनीबाट उत्पादित सबै अखाद्य सामग्री तथा कच्चा पदार्थहरु स्थानीय जनप्रतिनिधिहरु समेतको उपस्थितिमा नष्ट गरी खाद्य तथा गुण नियन्त्रण बिभाग बबरमहलबाट कारबाही एवं आवाश्यक अनुसन्धान कार्य भइरहेको अपराध महाशाखाले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानबाट खुल्न आएका कुराहरुः
१, ३ बर्ष पुरानो म्याद नाघेका कुकिजहरुबाट पुनः बटर चकलेट, काजु कुकिज
बनाई विक्रि वितरण गर्दै आएको ।
२, अत्यधिक सडेगलेका पाउरोटीहरुलाई सुकाएर पुनः कुकिज बिस्कुटहरु बनाई
बेच्ने गरेको ।
३, म्याद नाघेका पाउरोटीलाई पुनः धुलो बनाई बजारमा क्रन्चि तथा चिकेन रोष्ट
बनाउन प्रयोगमा ल्याएको पाईएको ।
नष्ट गरिएका अखाद्य सामाग्रीहरुः
भेनेगर ५४ कार्टुन, चिनी ३० कार्टुन, क्रसर पाउडर ७ कार्टुन, सुप १० कार्टुन, अजिना मोटो ३८५ बोरा, बेकिङ पाउडर ९५ कार्टुन, कोका ३ कार्टुन, ईष्ट ४५ कार्टुन, सोसा सस ६ कार्टुन, चिउरा ३८ वोरा, चकलेट पाउडर ४० बोरा,  Tempor २० कार्टुन, Acetic Acid ७ ड्रम, Crofter पाउडर ७ कार्टुन लगाएतका सामग्रीहरू ।

Views: 866

प्रतिक्रिया (०)

सम्बन्धित खबर