Aamsanchar

जिका भाइरसको पिसिआर परीक्षण नेपालमा सुरू

Author Image
मङ्गलवार, फागुन १०, २०७८

काठमाडौं – नेपालमा जिका भाइरसको पिसिआर परीक्षण सुरु गरिएको छ। टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण सुरू गरिएको हो।

प्रयोगशालामा मंगलवारदेखि जिकासँगै चिकनगुनिया र डेँगु भाइरसको पनि पिसिआर परीक्षण सुरु भएको छ।  जनस्वास्थ्य प्रयोजनका लागि हाललाई परीक्षण निःशुल्क रुपमा सञ्चालन गरिने प्रयोगशालाकी निर्देशक डा. रुणा झाले जानकारी दिइन्।

डेंगु भाइसर सार्ने एडिस एजिप्टाई र एडिस एल्बोपिक्टस लामखुट्टे अहिले देशका सबै जिल्लामा देखिएको छ। यो लामखुट्टेले जिका भाइरस तथा चिकनगुनिया पनि सार्न सक्ने विज्ञहरुले बताएका छन्। नेपालमा अहिलेसम्म डेंगु र चिकनगुनिया देखिए पनि जीका भाइरस देखिएको छैन।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 83

प्रतिक्रिया (०)

सम्बन्धित खबर