Aamsanchar

मोटरसाइकलको ठक्करबाट झापामा १९ वर्षीय युवककाे मृत्यु

Author Image
बुधवार, फागुन ११, २०७८

काठमाडौं – झापामा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

झापाको मेचीनगर नगरपालिका–७ मा मंगलबार बेलुकी मोटरसाइकलको ठक्करबाट मेचीनगर–८ का १९ वर्षीय श्याम मगरको मृत्यु भएको हो ।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते उनको उपचारका क्रममा बिर्तामोड स्थित बी एण्ड सी अस्पतालमा मृत्यु भएको अस्पताललाई उद्धृत गर्दै ट्राफिक प्रहरीले जनाएको छ ।

मे १० प २२ ३२ नम्बरको मोटरसाइकलले पैदल हिडिरहेका मगरलाई हिजो बेलुकी पौने ८ बजे ठक्कर दिएको थियो ।

मोटरसाइकल सहित चालक भने ईलाका प्रहरी कार्यालय काँकडभिट्टा झापाको नियन्त्रणमा रहेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 354

प्रतिक्रिया (०)

सम्बन्धित खबर