Aamsanchar

एमसिसी पास नभए देश सामरिक द्वन्द्वमा फस्ने डा. भट्टराईकाे चेतावनी

Author Image
बुधवार, फागुन ११, २०७८

काठमाडौं – जनता समाजवादी पार्टीका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले अमेरिकी सहयोग परियोजना (एमसिसी) पास नभए देश सामरिक द्वन्द्वमा फस्ने चेतावनी दिएका छन्।

पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले यो विन्दुमा आएर एमसिसी पास नगर्दा देश सामरिक द्वन्द्वमा फस्ने भन्दै जसरी पनि पारित गर्नुपर्ने बताएका छन्।

‘यो विन्दुमा आएर पास नगर्दा देश झन् ठूलो सामरिक द्वन्द्वमा फस्छ‚’ उनले भनेका छन्‚ ‘कि गठबन्धन दल सबैले पक्षमा भोट हाल्नपर्‍यो कि नयाँ समीकरण बन्नुपर्‍यो! अर्को बाटो छैन!’

मंगलवार राति ट्विट गर्दै उनले एमसिसीको डढेलो लगाइएपछि यसलाई निभाउने जिम्मा सबै दलको रहेको बताएका छन्। भट्टराईले सामान्य संसदीय कर्मकाण्ड पूरा गरेर पास गर्दा यसको भित्रि/बाहिरी स्वीकार्यता नरहने भन्दै अब कि सत्तामा रहेका सबै दलले पक्षमा मतदान गर्नुपर्ने र कि नयाँ समीकरण बन्नुपर्ने विकल्पसमेत पेश गरेका छन्।

‘एमसिसीको डढेलो लगाएपछि यसलाई निभाउने जिम्मा सबै दलको हो‚’ भट्टराईले उल्लेख गरेका छन्‚ ‘सामान्य संसदीय कर्मकाण्ड पूरा गरेर पास गर्दा यसको भित्री/बाहिरी स्वीकार्यता रहन्न।’

 

Views: 391

प्रतिक्रिया (०)

सम्बन्धित खबर