Aamsanchar

राजबंशी समाज बिकास समिति मेचीनगर–१४ को अध्यक्षमा पुनः सुशिल

Author Image
बुधवार, फागुन ११, २०७८

धाइजन ।  राजराजबंशी समाज बिकास समिति मेचीनगर–१४ को अध्यक्षमा पुनः सुशिल राजबंशी मनोनित भएका छन् ।

बुधबार मेचीनगर–१४ को वडा कार्यालयमा सम्पन्न अधिवेशनबाट अध्यक्षमा सुशिल राजबंशीसहित १५ सदस्यीय मनोनीत गरेको हो । नवमनोनीत कार्यसमितिको उपाध्यक्षद्वयमा सिम राजबंशी कमला राजबंशी, सचीवमा रोहित राजबंशी, सहसचीवमा बिक्की राजबंशी र कोषाध्यक्षमा अनिता राजबंशीलाई मनोनीत गरेको छ ।

त्यसैगरी पोल्टु राजबंशी, रतन राजबंशी, हिरा राजबंशी,उमा राजबंशी, हरि राजबंशी, प्रतिमा राजबंशी, समित राजबंशी, वर्त राजबंशी र छ्नछ्न राजबंशीलाई समितिको सदस्यमा मनोनीत गरेको राजबंशी समाज बिकास समितिका जिल्ला सचीव मुनिलाल राजबंशीले जानकारी दिए ।

राजबंशी समाज बिकास समिति जिल्ला अध्यक्ष दिनेश्वरप्रसाद राजबंशीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विशेष अतिथि मेचीनगर–१४ वडाध्यक्ष शंकर पोख्रेल, नेकपा एमाले मेचीनगर– १४ का अध्यक्ष दुर्गा धमला, हिमानी ट्रष्टका संयोजक पुनम राजबंशी, कोच कलाकार मनोरथ राजबंशी, राजबंशी समाज बिकास समितिको मेचीनगर–१२ का अध्यक्ष दियालि राजबंशी, राजबंशी समाज बिकास समितिको मेचीनगर–१५ का अध्यक्ष धुसालाल राजबंशी, जिल्ला कोषाध्यक्ष ममता राजबंशी, मेचीनगर परिषद् सदस्य सुरेश बुढाथोकीलगायतले आआफ्नो मन्तब्य राख्दै नवनिर्वाचित सदस्यलाई शुभकामना ब्यक्त गरेका थिए । गोधन राजबंशीले कार्यक्रमबारे प्रकाश परेको कार्यक्रमको संचालन मनिषा राजबंशीले गरेको थिइन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 263

प्रतिक्रिया (०)