Aamsanchar

रुसी राष्ट्रपति पुटिनद्वारा युक्रेनविरुद्ध औपचारिक युद्धको घोषणा

Author Image
बिहिवार, फागुन १२, २०७८

काठमाडौं : रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले  पूर्वी युक्रेनको डोनबास क्षेत्रमा सैन्य कारबाहीको घोषणा गरेका छन्। जारी तनावबीच छलफल गर्न संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्‌‌को आपत्कालीन बैठक बसिरहेकै बेला रुसी राष्ट्रपतिले टेलिभिजन सम्बोधनमार्फत्‌ कारबाहीको घोषणा गरेका हुन्।

यसअघि युक्रेनका राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीले वार्ताका लागि आफूले गरेको पहलबारे रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कुनै जबाफ नदिएको बताएका थिए।

राष्ट्रपति जेलेन्स्कीले युक्रेनसँगको सीमानजिकै रुसले झन्डै दुई लाख सेना र हजारौँ लडाकु गाडी तैनाथ गरेको बताएका छन्।​ बिहीवार बिहानको सम्बोधनका क्रममा पुटिनले पूर्वी युक्रेनमा तैनाथ गरिएका सेनालाई हतियार त्याग्न आग्रह गरेका छन्।

पुटिनको घोषणा लगत्तै युक्रेनको डोनेट्स्क क्षेत्रमा ठूलो विस्फोटनको आवाज सुनिएको छ।

Views: 391

प्रतिक्रिया (०)

सम्बन्धित खबर