Aamsanchar

हाम्रो पहुँचको अध्यक्षमा पुन : भण्डारी निर्वाचित

Author Image
आइतवार, फागुन १५, २०७८

दाङ । हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको अध्यक्षमा पुनः शुक्रराज भण्डारी विजयी हुनुभएको छ । उहाँले प्रतिद्वन्द्वी देवराज भण्डारीलाई ५ सय ९५ मतान्तरले पछि पार्दै निर्वाचित हुनुभएको हो ।

निर्वाचित भण्डारीले १ हजार ९९ मत प्राप्त गर्नुभएको छ भने प्रतिद्वन्द्वी देवराज भण्डारी ५ सय ४ मत गर्नुभएको भएको निर्बाचन समिती संयोजक नारायण प्रसाद भण्डारीले जानकारी दिनुभयो । खसेको मतमध्ये ६ मत बदर भएको छ ।

मतदानमा करिब ७१ प्रतिशत मत खसेको थियो । कुल २ हजार २७३ मत मध्ये जम्मा १ हजार ६१० अर्थात ७०.८३ प्रतिशत मत खसेको निर्वाचन समिति संयोजक भण्डारीले जानकारी दिनुभयो ।

मतदानमा २९.१७ प्रतिशत अर्थात ६६३ मत भने नखसेको संयोजक भण्डारीले बताउनुभयो । तुलसीपुर ७ मा रहेको सहकारीको आगामी ४ वर्षे नेतृत्वका लागि अध्यक्षमा शुक्रराज भण्डारी पुन ः चयन हुनुभएको हो ।

अन्य सबै पदमा पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् । संस्थाको पुरुष उपाध्यक्ष बुद्धिराम बिसी, महिला उपाध्यक्षमा नमी कुमारी रेग्मी, सचिवमा कृष्ण प्रसाद पोख्रेल, कोषाध्यक्षमा बिजय सुवेदी, सहसचिवमा चिरञ्जीवी पौडेल सर्वसम्मत चयन भईसक्नु भएको छ ।

यस्तै सदस्यहरुमा जिवराज अधिकारी, खेन्टु गिरी, दुर्गा प्रसाद जैसी, शान्ता खनाल, शिवा लम्साल, खेतु प्रसाद भण्डारी, भुमा कुमारी भण्डारी निर्विरोध चयन भईसक्नु भएको छ । यस्तै गरी लेखा समितिको संयोजकमा सुर्य प्रसाद शर्मा, सदस्यहरुमा तुलसी प्रसाद भण्डारी र केशव बहादुर बस्नेत रहनु भएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 475

प्रतिक्रिया (०)

सम्बन्धित खबर