पूर्वी नवलपरासी — अभिनेता पल शाहले करिब एक वर्षअघि गैंडाकोटस्थित एक होटलमा आफूलाई बलात्कार गरेको भन्दै एक किशोरीले गैंडाकोट प्रहरीमा किटानी जाहेरी दिएकी छन् ।
प्रहरीमा दर्ता गराइएको जाहेरीमा पल शाहले आफूलाई २०७७ चैत ७ गते गैंडाकोटको एक होटलमा जबरजस्ती करणी गरेको आरोप लगाइएको छ । ती किशोरीले आफूलाई सुटिङका लागि गैंडाकोट आएका बेलामा शाहले करणी गरेको दाबी गरेकी छिन् ।
गैंडाकोटकी प्रहरी निरीक्षक लक्ष्मी पाण्डेका अनुसार निवेदन दर्ता गराउन किशोरी र उनका बाबु प्रहरी कार्यालय पुगेका थिए । निवेदनउपर तत्कालै अनुसन्धान सुरु गरिने निरीक्षक पाण्डेले बताइन् । साभार: कान्तिपुर
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 743