Aamsanchar

आँखीभुई ‘ख’ इलाका प्रहरी कार्यालय उद्घाटन

Author Image
सोमवार, फागुन १६, २०७८

संखुवासभा। प्रदेश नम्बर १ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले संखुवासभाभाको धर्मदेवी नगरपालिकास्थित इलाका प्रहरी कार्यालय आँखीभुई ‘ख’ को उद्घाटन गर्नुभएको छ । आइतबार नव निर्मित कार्यालय भवन, ब्यारेक तथा शौचालयको मन्त्री कार्कीले उद्घाटन गर्नुभएको हो ।

कार्यालय भवनको उद्घाटन गर्दै मन्त्री कार्कीले शान्ति सुरक्षामा प्रहरीको भन्दा पनि नागरिकको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो । नागरिक सभ्य भएमा प्रहरी सफल हुने र सभ्य समाजको निर्माण हुने उहाँको भनाइ छ ।

कार्यालय त कानूनी प्रक्रिया पुरा गर्ने स्थल हो तर तपाई हामी आफै सभ्य बनौँ न समाज सभ्य बन्छ, उहाँले भन्नुभयो, प्रहरी विपद्का वेला नागरिक सङै रहन्छ प्रहरी संरचना केन्द्रकै मातहतमा रहे पनि प्रदेश सरकार प्रहरी संरचना बलियो बनाउन लागिपरेको बताउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यले सान्ती सुरक्षा र सुशासनमा प्रहरीको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभयो । प्रदेश नम्बर १ प्रहरी कार्यालयका प्रहरी प्रमुख अरुण कुमार बिसीले प्रहरीबाट लिन सक्ने सेवाको अभिवृद्धि हुने मा विश्वस्त रहेको बताउनुभयो ।

सो भवन प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयको २ करोड ९४ लाख ९४ हजार ६ सय ९९ रुपैयाँ ३० पैसामा निर्माण भएको हो । कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव कालीप्रसाद पराजुली, प्रमुख जिल्ल अधिकारी नूरहरी खतिवडा, सुरक्षा निकायका प्रतिनिधि, जनप्रतिनिधि साथै सरोकारवाला निकायका प्रतिनिधिको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 192

प्रतिक्रिया (०)