Aamsanchar

रोङ–६ मा बन्दैछ अर्को नयाँ गन्तव्य ‘ब्यूटी बोर्डर सिद्धी–मेची दोभान’

Author Image
सोमवार, फागुन १६, २०७८

बिर्तामोड । इलाम जिल्लाको रोङ गाउँपालिकाले केहीे बर्ष यतादेखि जैविक, कृषि पर्यटन क्षेत्रको विकास र प्रर्वधनमा योजनावद्ध काम गर्दै आएको छ । पूर्वी पहाडका डाँडा पाँखा र खोला खोल्साहरुलाई पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न सुरुभए पछि त्यहाँका स्थानियहरुको लागि दरविलो आर्थिक उन्नतीको आधार बनिरहेको छ पर्यटन व्यवसाय । पर्यटकहरु आउन थाले पछि स्थानिय कृषि उत्पादन देखि होमस्टे व्यवसाय फस्टाउदै गएको छ ।

यस्तै अन्य क्षेत्रको तुलनामा पर्यटन व्यवसायको बढी सम्भावना रहेको रोङ गाउँपालिका पनि पर्छ ।
प्रदेश १ का तराईका जिल्लाको जनघनत्वको कारण बढी घुमफिर गर्न निस्कने आन्तरिक पर्यटन झापा मोङ, सुनसरी जिल्लाबासी नै हुन्, उनिहरुको लागि छोटोदुरी र सर्वसुलभ खर्चमा भ्रमण गर्न सक्ने स्थान रोङ नै हो भन्दा कुनै अन्याथा हुदैन । रोङमा पर्ने कुटीडाँडा, गुगलडाँडा, चिण्डेपानी, चिसापानी, करसोङ पदमार्ग, झण्डीडाँडा, सतालसिंह टाकुरा, निन्दा सिरान, सलकपुरलगायतका स्थानमा लाखौं, हजारौं पर्यटकहरु पुगीसकेका छन् ।

पर्यटक भने हरेक पटक नयाँ गन्तव्यमा जान रुचाउने गर्छन । रोङले पनि पर्यटकको चाहाना अनुसार हरेक बर्ष नयाँ नयाँ गन्तव्यको विकास र प्रचार प्रसार गर्दै आएको छ । यसै क्रममा रोङ गाउँपालिका वडा नम्बर ६ ले अझ बढी पर्यटन क्षेत्रको विकासलाई प्रार्थमिता दिदै आएको छ । सोही अनुसार यस बर्ष रोङ ६ ले नेपाल–भारत सिमा क्षेत्रका नागरिकलाई लक्षित गरेर नयाँ पर्यटकिय स्थल ‘ब्यूटी बोर्डर सिद्धी–मेची दोभान’ नाम दिएर पार्क तथा पिकनिक स्थल निर्माणकार्यलाई अघि बढाएको छ ।

स्थानिय नागरिकको आर्थिक जीवन स्तर माथी उठाउन सकेमा मात्र वास्तविक विकास हो भन्ने सोचलाई योजनामा परिणत गरेर सिद्धी र मेची खोलाको दोभानमा ब्युटी बोडर (पार्क) निर्माण कार्यको थालनी गरिएको वडा नम्बर ६ का वडाध्यक्ष मनीकुमार स्याङवो (सुवास)ले बताए । स्याङवोको भनाई अनुसार ‘५० हेक्टर क्षेत्रफलको जमिनमा चालु आर्थिक वर्ष ०७८÷०७९मा गाँउपालिकाबाट विनियोजन भएको पाँच लाख रुपैयाँबाट योजना निर्माण कार्य सुरु भइरहेको छ । हाल उक्त योजना अन्र्तगत हावा घर, पदमार्ग, बगैंचा, रंगरोगन, वनभोज स्थललगायतको निर्माण कार्य भइरहेको छ । त्यसैगरी संघको बजेटबाट सिद्धी नदीमा रोङको सलकपुर अन्तिम प्वाइन्ट र सूर्योदयको सुङतुङ जोड्ने २९४ मिटर लामो झोलुङ्गे पुल निर्माणको कार्य पनि भइरहेको छ ।’

पूर्व–उत्तरमा छिमेकी पालिका सूर्योदय नगरपालिका–५ सुङतुङसँगको सीमानामा मेचीखोलामा समाहित हुन आई पुगेको सिद्धी नदी र छिमेकी राष्ट्र भारतको पश्चिम बंगाल राज्यको सीमानामा नागबेली शैलीमा दक्षिणतर्फ बग्ने भुगोलका आधारमा नेपाल–भारत सिमा मेची नदीको दोभान, दोभानको मध्य भागमा प्रशिद्ध धार्मिक तीर्थस्थल सिद्धीदेवी देवीथान, वरिपरी विभिन्न प्रजातिका रुखहरु, प्रकृतिसँग रमाउन चाहने आन्तरिक तथा बाह्य पर्यटकहरुको लागि उपयुक्त गन्तव्य स्थल हुनेछ रोङ गाँउपालिका–६ स्थित सलकपुर अन्तिम प्वाइन्टमा हाल निर्माण भइरहेको ‘ब्यूटी बोर्डर सिद्धी–मेची दोभान’ ।

देशको पूर्वी प्रवेशद्वारकोरुपमा रहेको व्यापारिक केन्द्र काँकडभिट्टादेखि २९ किलोमिटर उत्तर र रोङ–६को मुख्य पर्यटकीय स्थलको पहिचान बनाउन सफल ‘झण्डी डाँडा’ देखि अनुमानित आठ किलोमिटर पूर्व मा रहेको ‘ब्यूटी बोर्डर सिद्धी–मेची दोभान’ योजना सम्पन्न भएपछी स्थानीयस्तरमा बसोबास गर्ने दुवै देशका नागरिकहरुको लागि पर्यटन क्षेत्रको माध्यमबाट आर्थिकरुपमा जीवनस्तर उकास्दै समाज, समुदाय र संस्कृती बुझ्न सहज हुने गाँउपालिकाका प्रवक्ता एवम् स्थानीय वडाध्यक्ष मनिकुमार स्याङबो ‘सुवास’ बताउँछन् ।

दोभानदेखि केही पर भारततर्फ सौरेनी कोरिडोर अन्र्तगत खर्बनीमा रहेको तीन सय मिटर अग्लो ‘असले झरना’सम्म घुम्न आउने पर्यटकहरुलाई पर्यटन प्याकेज अन्र्तगत ‘ब्यूटी बोर्डर सिद्धी–मेची दोभान’ हुँदै महाभारतकालिन इतिहाससँगै जोडिएको भीमसेन ढुङ्गा–सूर्योदयको दृश्य देख्न सकिने गुर्दुम डाँडा–झण्डी डाँडा हुँदै कन्याम सम्म पु¥याउने लक्ष्य रहेको प्रवक्ता स्याङबोले जानकारी दिए । बा¥है महिना देख्न सकिने ‘असले झरना’ भारतीय भूभागमा रहे पनि त्यसलाई नेपालको भूभागबाट मात्र हेर्न सकिने उनले दावी गरे ।

आगामी दिनमा उक्त दोभानमा बीच भलिबल, सावर बाथिङ, स्वीमिङ पुल, फिसिङ जोन सहितको रेष्टुरेन्ट आदि निर्माण गर्ने लक्ष्य रहेको वडाध्यक्ष स्याङबोले जानकारी दिए । त्यसको लागि सलकपुर क्षेत्रमा पर्यटकहरुको लागि जसकेलो सामुदायिक होमस्टे अन्र्तगत सुविधा सम्पन्न होमस्टे सञ्चालनमा रहेको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 1317

प्रतिक्रिया (०)

सम्बन्धित खबर