Aamsanchar

चारआली–चन्द्रगढी खण्डमा गुडिरहेको म्याजिक भेनमा आगलागी

Author Image
सोमवार, फागुन १६, २०७८

तस्वीर : दिपेन्द्र कटुवालको फेसबुकबाट

मेचीनगर। भद्रपुर–९ स्थित पारिजात चोकमा गुडीरहेको गाडीमा अचानक आगलागी भएको छ ।

आज (सोमबार) चारआलीदेखि चन्द्रगढी जादै गरेको प्रदेश १–०१–००१ ज ३५५० नम्बरको सेतो म्याजिक भ्यानमा अचानक आलगागी भएको हो ।

भद्रपुर–९ स्थित लक्ष्मी चोकका गाडीधनी दिपक राउतका अनुसार बेलुका ४ वजे अचानक आगलागी हुँदा गाडी पूर्णरुपमा क्षति भएको छ । गाडीमा ३ जना यात्रु रहेका थिए । उनीहरुलाई केहि नभएको उनले बताए ।

वाईरिङ सर्ट भई गाडीमा आगलागी भएको हुन सक्ने अनुमान प्रहरीले गरेको छ ।

Views: 664

प्रतिक्रिया (०)

सम्बन्धित खबर