Aamsanchar

‘घर-घरमा नेपाल प्रहरी’ २०७८ कार्यक्रमको शुभारम्भ

Author Image
सोमवार, फागुन १६, २०७८

संखुवासभा ।  जिल्ला प्रहरी कार्यालय संखुवासभाले सामुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत घर घरमा नेपाल प्रहरी कार्यक्रम २०७८ को शुभारम्भ गरेको छ ।

आज जिल्ला प्रहरी कार्यालय संखुवासभा परिसरमा भएको एक कार्यक्रममा बिच बस्ति, टोल र घर घरमा प्रहरीको पहुँच अभिबृद्धि गरि नागरिकका समस्याको बारेमा बुझ्न, प्रहरी र नागरिक बीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन तथा आम जनतालाई समस्या परेको बखत र कुनै पनि अपराधिक घटनाको तुरुन्त प्रहरी कार्यालयलाई जनाकारी गराउन आवश्यक रहेको कुरा महसुस गराउन घर घरमा नेपाल प्रहरी अभियानको शुरुवात गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

जिल्ला समन्वय समिति खाँदबारीका प्रमुख सुमन शाक्यको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा खाँदबारी नगरपालिका प्रमुख मुरारी खतिवडा, १ नं.। प्रदेश आन्तरिक मामिला तथा कानुन सचिव काली प्रसाद पराजुली, संखुवासभाका प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडा, १ नं. प्रदेश प्रहरी कार्यालय प्रमुख प्र।ना।म।नि। अरुण कुमार बिसी र १ नं. प्रदेश प्रहरी श्रीमती संघकी अध्यक्ष चारू कोईराला बि.सी. लगायत बिभिन्न राजनितीक दलका प्रतिनिधी, पत्रकार र स्थानियहरुको सहभागी रहेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 530

प्रतिक्रिया (०)