Aamsanchar

बिर्तामोडमा शैक्षिक परामर्श केन्द्र ग्लोवल नेपालको उद्घाटन

Author Image
सोमवार, फागुन १६, २०७८

बिर्तामोड । अन्तर्राष्ट्रियका विभिन्न देशहरुमा उच्च शिक्षा आर्जनका लागि जाने विद्यार्थीहरुलाई लक्षित गरेर झापाको विर्तामोडमा शैक्षिक परामर्श केन्द्र ग्लोवल नेपाल इन्टरनेशनल एजुकेशन सेन्टरको उद्घाटन भएको छ । बिर्तामोडको अन्धुवा पुल दक्षिण पूर्वमा रहेको पाँच तल्ले घरमा आज (सोमबार) घैलाडुब्बा बजार व्यवस्थापन समिति अध्यक्ष एवं समाजसेवी गोविन्दकुमार प्रधानले रिवन काटेर ग्लोवल नेपालको उद्घाटन गरेका छन् ।

विधिवत रुपमा ग्लोवल नेपालले आजैबाट सेवा पनि प्रारम्भ गरेको छ । उद्घाटनको दिन सम्म ७ जना भन्दा धेरै विद्यार्थीहरुले परामर्श लिएका र १२ जना विद्यार्थीहरु परामर्र्श लिनको लागि सम्पर्कमा आएका ग्लोवल नेपालका कार्यकारी प्रमुख सचिनराज  खड्गीले बताए ।

संचालक खड्गीले भने ‘कोरोना कहरले थलिएको शैक्षिक परामर्श केन्द्रहरु भर्खरै उठन थालेका छन् । बिर्तामोडमा रहेका शैक्षिक परामर्श केन्द्रहरुको भिडमा उदायकोे ग्लोवल नेपालले फरक र सेवाग्राहीहरुलाई सन्तुष्टी बनाउन विभिन्न योजनाहरु ल्याएको छ । हामि पहिला आफ्नो सेवालाई प्रभावकारी बनाउन तर्फ ध्यान दिन्छौं । विभिन्न ठाउँमा विद्यार्थीहरुलाई अग्रिम सेवा शुल्क मागेर हैरान बनाउने गरेको गुनासो सुनेको छु । हामि पहिला पैसाको कुरा गर्दैनौं । परामर्श लिन आउने सबै विद्यार्थीहरु पढनको लागि विभिद कारणले विदेश जान सक्षम पनि हुदैनन् हामि जान सक्ने नसक्ने पहिलै नै भनी दिन्छौं ताकी पछि विद्यार्थी र अभिभावकले तनाव लिनु नपरोस् ।

कक्षा १२ पास गरेका र ब्याचलर्स सकेका विद्यार्थीहरुलाई उच्च शिक्षा  हाशिल गर्नको लागि विदेशका विभिन्न देशहरु अष्ट्रेलिया, युके, क्यानडा, जापान, न्युजरल्याण्ड र भारत लगायतका देशका उत्कृष्ठ विश्व  विद्यालयहरुमा अध्ययनको लागि विद्यार्थीहरुलाई पठाउन सकिने संचालक शोभा प्रधानले बताईन ।

उद्घाटन कार्यक्रममा विर्तामोडका समाजसेवी श्याम खड्गी, दिपक प्रधानलगायतको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 96

प्रतिक्रिया (०)