Aamsanchar

सालबारी सिमसार फोहोरमय बन्दै

Author Image
मङ्गलवार, फागुन १७, २०७८

बिर्तामोड ।  अर्जुनधारा नगरपालिका वार्ड ५ मा अवास्तिथ सालबारी नमुना समुदायक बन फोहोरमय बनेको छ । सम्बन्धित निकायको मौनता र पर्यटकको लापरवाहीका कारण सालबारी दुषित बन्दै गएको हो ।

निश्चत क्षेत्रलाइ संरक्षण गरेर पार्क निर्माण गरे पनि वरिपरीको बनको अवस्था फोहोरै फोहोर बन्दै गएको छ । बन भित्र मदिराका खाली सीसी, प्लास्टिक जन्य बस्तु जतात्यतै देख्न सकिन्छ भने अनेकौ जीव जन्तु आश्रित रहेको पानीको मुहान पनि दुषित बन्दै गएको छ ।

फोहर व्यवस्थापनमा उचित ध्यान दिन नसक्दा र निश्चित मापदण्ड नहुदा यो क्षेत्र डम्पिङ क्षेत्र झैं बन्दै गएको हो । समयमै फोहोर व्यवस्थापनमा ध्यान नदिने हो भने प्रकृतिले दिएको शुन्दर ठाउँ कुरुप बन्ने छ । साथै जैविक बिधिता पनि विलय भएर जाने खतरा बढेको।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
Views: 70

प्रतिक्रिया (०)

सम्बन्धित खबर