Aamsanchar

झापाबाट झापा एक्सप्रेस सुरु

Author Image
मङ्गलवार, फागुन १७, २०७८

शरणामती। बढ्दो डिजिटल प्रयोगलाई आत्मसाथ गर्दै स्थानीय समाचारलाई प्राथमिकता दिने उदेश्यका साथ झापा गाउँपालिकाबाट झापा एक्सप्रेस डटकम नामक डिजिटल पत्रिका प्रकाशन सुरु भएको छ।

झापा एक्सप्रेस मिडिया प्रालीबाट सञ्चालित झापा एक्सप्रेसले स्थानीय तहमा भएका गतिबिधीलाई पहिलो प्राथमिकतामा राख्ने प्रण लिएको प्रकाशक केशव चापागाईंले बताए।झपत्रकारिता धर्म र कर्तव्यमा खरो उत्रने संस्थाका रुपमा परिचित हुने लक्ष्य राखेको यस संचार संस्थाले सन्तुलितरुपमा समाचार सामग्री उत्पादन तथा प्रकाशन गर्ने जमर्को गर्नेछञउनले भने।

झापा गाउँपालिकाबाट प्रकाशित पहिलो डिजिटल पत्रिका झापा एक्सप्रेस डटकमलाई उचाईमा पुर्याउन सबैको उत्तिकै सहकार्य र सहयोगको खाँचो छ भन्दै सबैको अमूल्य सहयोग र खरो सुझावको अपेक्षा सदैव रहनेमा चापागाईंले विश्वास व्यक्त गरे।

Views: 596

प्रतिक्रिया (०)

सम्बन्धित खबर
आजको मौसम
बुधवार, फागुन २७, २०८२
आजको माैसम
सोमवार, फागुन २५, २०८२
कहिले खुल्छ आकाश ?
आइतवार, फागुन २४, २०८२