Aamsanchar

युक्रेनको दक्षिणी सहर खेरअसन कब्जामा लिएको रुसी सेनाकाे दाबी

Author Image
बुधवार, फागुन १८, २०७८

रुसको रक्षा मन्त्रालयले रुसी सेनाले युक्रेनको दक्षिणी सहर खेरअसन कब्जामा लिएको दाबी गरेको बीबीसीले जनाएको छ । यदि यसको पुष्टि भयो भने रुसले अहिलेसम्म कब्जामा लिएको युक्रेनको सहरमध्ये सबैभन्दा ठूलो सहर हुनेछ ।

यसअघि हिजो मङ्गलवार राति रुसी सैनिकहरू खेअरसनका सडकहरूमा देखिएका छन् । सहरका मेयरले रुसी सेनाले खेअरसनको रेल स्टेशन र बन्दरगाह आफ्नो नियन्त्रणमा लिएको बताउनुभएको थियो ।

युक्रेन र रुसबीचको युद्धको आज सातौँ दिन हो । रुसी आक्रमणले युक्रेनमा आतङ्क मच्चिएको छ । युक्रेनका केही क्षेत्रमा रुसको कब्जामा छ तर राजधानी किएभमा अझै पनि युक्रेनको नियन्त्रणमा रहेको छ ।

यी दुई देशका प्रतिनिधिमण्डलबीच भएको सोमवारको वार्ता विना निष्कर्ष टुङ्गिएको थियो ।  दुई देशबीच द्वन्द्व अन्त्य गर्ने उद्देश्यले भएको पहिलो चरणको वार्ता कुनै सम्झौताविना नै सकिएको थियाे

रुसले युक्रेनमाथि आक्रमण रोक्नका लागि राखेको सर्त युक्रेनी राष्ट्रपति भोलिदिमिर जेलेन्स्कीले मान्न अस्वीकार गर्नुभएको छ । त्यसपछि रुसले युक्रेनमा तीव्र रूपमा आक्रमण बढाएको छ ।

यसैबीच युक्रेनको दोस्रो ठूलो सहर खार्किभमा मिसाइल आक्रमण भइरहेको बीबीसीले जनाएको छ । खार्किभमा रुसले गरेको आक्रमणमा कम्तीमा १२ जनाको ज्यान गएको र एक सय १२ जना घाइते भएका छन् । तर खार्किभ क्षेत्रका गभर्नरले भने रुसले गरेका सबै आक्रमणको प्रतिकार गरिएको दाबी गर्नुभएको छ ।

Views: 377

प्रतिक्रिया (०)

सम्बन्धित खबर