Aamsanchar

झलनाथ खनालले भने : व्याख्यात्मक घोषणा नेताहरुलाई सुताउने न्यानो थाङ्नोमात्रै

Author Image
बुधवार, फागुन १८, २०७८

काठमाडौं – नेकपा एकीकृत समाजवादीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले संसदबाट पारित गरिएको व्याख्यात्मक घोषणा नेताहरुलाई सुताउने न्यानो थाङ्नोमात्रै भएको टिप्पणी गर्नुभएको छ ।

बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग बोल्दै नेता खनालले एमसीसी पास हुनु नेपालकै इतिहासमा दुःखद भएको बताउनुभयो ।

उहाँले संसदभित्र सांसदहरुलाई राम्रो वातावरणमा छलफल समेत गर्न नदिई जबरजस्ती प्रस्तुत गरिएको र संसदीय प्रक्रियाहरु समेत मिचेर पारित भएको आरोप लगाउनुभयो । उहाँले एसमसीसी अनुमोदन भएपनि अब मुलुकभित्र त्यसले नयाँ परिणामहरु समस्याका रुपमा जन्माउँदै जाने दाबी गर्नुभयो ।

उहाँले व्याख्यात्मक घोषणाको कुनैपनि कानुनी आधार नरहेको समेत बताउनुभयो ।

Views: 237

प्रतिक्रिया (०)

सम्बन्धित खबर