Aamsanchar

कुचोले भाउ पाएपछि पूर्वी पहाडी जिल्लाका कृषकहरु उत्साहित

Author Image
बिहिवार, फागुन १९, २०७८

पाँचथर – कुचोले भाउँपाएपछि पूर्वी पहाडी जिल्लाका कृषकहरु उत्साहित भएका छन् ।

गत वर्ष प्रति के.जी.५० देखि ६० रुपैया सम्म विक्री भएको कुचो यस वर्ष १ सय ३० देखि १ सय ५० रुपैया प्रति के.जी सम्ममा बिक्री भएपछि कृषकहरु खुशी भएका छन् । पाखा भित्ता,बारीमा लगाईने अम्लिसोको फूलको रुपमा फूल्ने कुचोको भाउँ आएपछि आफूहरु दंग परेको मिक्लाजुङ २ का कृषक किसान बहादुर पाण्डले बताउनुभयो ।

गत वर्ष ५० देखि ६० रुपैयाँसम्म पनि बिक्री गर्न सकिएन् तर यस वर्ष १ सय ३० रुपैया के.जी का दरले घरमै ब्यापारीलाई कुचो बिक्री गरेको उहाँले बताउनुभयो । घाँसको रुपमा लगाइने अम्लिसो बाट घाँस र कुचो दुवै हुने भएपछि कृषकहरु अम्लिसो खेतीतर्फ आकर्षित बनेका छन् ।

पाँचथर,इलाम,ताप्लेजुङ, तेह्रथुम,धनकुटा लगायतका पूर्वी पहाडी जिल्लाहरुमा कुचो खेती हुने गरेकोछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 508

प्रतिक्रिया (०)

सम्बन्धित खबर