Aamsanchar

माईजोगमाई शिवरात्रीकप फुटबल प्रतियोगिताको पहिलो चरणको खेल सम्पन्न

Author Image
शुक्रवार, फागुन २०, २०७८

माईजोगमाई । इलामको माईजोगमाई गाउँपालिका वडा नं ६ प्याङमा प्याङ खेलकुद बिकास समितिको आयोजनामा गत शिवरात्रीबाट सुरु भएको शिवरात्रीकप खुल्ला नकआउट फुटबल प्रतियोगिताको पहिलो चरणको खेलमा चार खेल सम्पन्न भएको छ ।

खेलमा माईजोगमाई गाउँपालिका सहित अन्य क्षेत्रको गरी जम्मा २० टिमले सहभागी जनाएको थिए ।

हिजो भएको पहिलो खेलमा रेड डेविल्स नयाँबजार र YFC  सुलुबुङ बिच भएको खेलमा सुलुबुङले १ गोल र YFC  सुलुबुङले ९ गोल गर्दै बिजयी बनेको छ । आजको दोस्रो खेलमा डेबिडाडा युथ क्लव अनुपस्थित भएपछि श्रीजङ्गा समाज प्याङ २ र साउदेन टिम सुलुबुङ बिच खेल भएको थियो खेलमा साउदेन टिम सुलुबुङको १ गोल र श्रीजङ्गा समाज प्याङ २ ले ५ गोल गर्दै दोस्रो चरणमा पुगेको हो ।

आज भएको तेस्रो खेलमा आयोजक द्य ले खेलमा सहभागीता नभएपछि IFC जमुना स्वत बिजयी बनेको छ ।

पहिलो चरणको अन्तिम खेलमा सुनखरी खेलसंघ जमुना र राईजीङ स्टार प्याङ ६ बिच भएको खेलमा राईजिङ स्टार प्याङ ६ ले ४ गोल र सुनखरी खेल संघ जमुनाले ५ गोल गर्दै दोस्रो चरणमा पुगेको हो ।

भोलि फाल्गुन २० गतेबाट दोस्रो चरणको खेल हुने छ । खेलको पहिलो खेलमा टारी फुटबल क्लव र कुवापानी फुटबल क्लव रोङ गाउँपालिका बिच पहिलो खेल हुने छ । भोलिको दोस्रो खेलमा वाङ्गीन फुटबल क्लव ब् र योङ बैच बिच दोस्रो खेल हुने छ । भोलिको तेस्रो खेलमा प्याङ २ र रेड डेविल्स बिचमा खेल हुने छ । भोलिको अन्तिम खेल श्रीजङ्गा समाज प्याङ २ र सुनखरी खेल संघ जमुना बिचमा खेल हुने आयोजक समितिका सचिब भोगेन्द्र ढकालले जानकारी दिएका छन्

खेलको बिजेताले नगत रु १ लाख साथमा ट्रफी मेडल प्रमाण पत्र पाउने छ । उपबिजेताले नगत र ५० हजार साथमा ट्रफी मेडल र प्रमाण पत्र हात पार्ने छन् ।

खेल प्रतियोगिताको लागि खनाल कट्रक्सन ईलामले दोस्रो पुरस्काको ब्यावस्था गरेको छ भने माईजोगमाई गाउँपालिकाले प्रथम पुरस्कारको ब्यवस्था गरेको छ ।

प्याङ माध्यमिक बिद्यालयको खेल मैदानमा संचालन भएको खेलको फाईनल आगमि फाल्गुन २२ गते हुने छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 304

प्रतिक्रिया (०)