Aamsanchar

विर्तामोडमा लघुउद्यम ब्यापार मेलाको तयारी

Author Image
शुक्रवार, फागुन २०, २०७८

झापा । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा झापाको बिर्तामोडमा दुईदिने ‘उजागर’ महिला व्यवसायीको ब्यापार मेलाको तयारी गरिएको छ ।

मञ्जुश्री असहाय संरक्षण केन्द्र झापा र आस्वी समुहको संयुक्त आयोजनामा बिर्तामोडस्थित वान स्टप मलमा मेलाको आयोजना गरिएको शुक्रवार ९आज० बिर्तामोडमा पत्रकार भेटघाट गरेर जानकारी गराइएको हो ।

आगामी फागुन २३ र २४ गते हुने उक्त मेलामा झापाका महिलाले उत्पादन गरेका सामाग्रीहरुको १५ वटा स्टल रहने मञ्जुश्री असहाय संरक्षण केन्द्र झापाकी अध्यक्ष निकिता खत्री प्रसाईले जानकारी दिइन् ।

मेलामा ‘ब्यवसायमा महिलाको भुमिका’ विषयक उद्घोषकमा तृष्णा रेग्मीको प्रस्तुती रहने, द भ्वाइस् अफ किड्सकी उपबिजेता रोशा फुयालको सांगेतिक प्रस्तुती, प्रियङ्का शर्माको लाइभ पेन्टिङ रहने र एकता महिला बचत समुह काँकडभिट्टाका महिलाहरुको संगिनी नृत्य रहने आस्वी समुहकी संस्थापक मनस्वी पौडेलले जानकारी दिइन् ।

सोही मेलामा अपाङ्गता भएकी बिर्तामोड–२ चारपानेकी महिला व्यवसायी सिमा केसी र परोपकार तथा अनुसन्धान केन्द्रद्धारा सञ्चालीत बृद्धाआश्रममा रहेकी जेष्ठ महिला ८७ बर्षिय खड्गकुमारी श्रेष्ठलाई सम्मान गरिने कार्यक्रम रहेको पौडेलले बताइन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 5

प्रतिक्रिया (०)