Aamsanchar

वीरता जेसीजले गर्यो बिर्तामोड बजार सफाई

Author Image
शुक्रवार, फागुन २०, २०७८

विर्तामोड। झापा गोल्डकपलाई लषित गरेर वीरता जेसीजको आयोजनामा वितामोड बजार सरसफाई कार्यक्रम गरिएको छ ।

नगरलाई स्वच्छ र सुन्दर बनाउने उद्धेश्यले सरसफाई कार्यक्रमको आयोजना गरिएको वीरता जेसीजका महासचिव टीकाराम खतिवडाले बताए । सरसफाई कार्यक्रम वीरता जेसीज, पूर्वेली युवा क्लव र झापा गोल्डकप सरसफाई समितिको संयुक्त आयोजनामा भएको हो ।

सफाई कार्यमा नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी, ट्राफिक प्रहरी लगाएत विभिन्न संघ संस्थाका साथै जेसीजका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

वीरता जेसीजका अध्यक्ष प्रविन खड्काको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय उपभोक्त मञ्च झापाका अध्यक्ष मदन गोपाल सुब्बाको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा श्री नयाँ श्रीनाथ गणका प्रमुख सेनानी फणिन्द्र थापा,विर्तामोड नगरपालिकाका अधिकृत मेघराज बास्तोला, पत्रकार महासंघ झापाका उपाध्यक्ष केशव भट्टराई, झापा गोल्डकपका महासचिव गजेन्द्र पौडेल, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख निशेष चापागाईं, बिर्तामोड–५ का वडासदस्य डीआर कडरिया, पूवेली युवा क्लवका कार्यबहाक अध्यक्ष दिपेन चौधरी, निराकार सरसफाई संस्थाका अध्यक्ष रविन भट्टराई, बिर्तामोडका प्रहरी प्रमुख सन्तोष आर्चाय, बिर्तामोड उद्योग वाणिज्य संघका कोषध्यक्ष दिपेन्द्र राउत, जनरल इन्सोरेन्स बिर्तामोडका म्यानेजर राजेशद्रोण भट्टराई, वीरता जेसीजका पूर्वअध्यक्षहरु मिजास पोख्रेल, शेखर ढकाल, र झापा गोल्ड कप सरसफाई समितिका संयोजक विष्णु आर्चाय लगायत ५० भन्दा धेरै जनाको सहभागिता रहेको थियो ।

बिर्तामोडमा फोहोरको दिगो ब्यवस्थापनका लागि स्थानीय, प्रदेश र केन्द्र सरकारले विशेष पहल गर्नुपर्नेमा सहभागी हरुले जोड दिनुभए थिए ।

जेसीज सरसफाई कार्यक्रमको संयोजक प्रवेश बस्नेतले रहेका थिए ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 321

प्रतिक्रिया (०)