Aamsanchar

भान्सा कोठामा सुतिरहेका आमा छोराकाे निसासिएर मृत्युु

Author Image
शुक्रवार, फागुन २०, २०७८

काठमाण्डाै – दैलेखमा निसासिएर आमा छोराको ज्यान गएको छ ।

ठाँटीकाँध गाउँपालिका– १ पिपलचोकका हरिकला बादी र छोरा रमेशको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

राति भान्सा कोठामा सुतिरहेका आमा छोरा आज बिहान ११ बजे मृत अवस्थामा फेला परेका हुन् । भान्छा कोठामा चुल्होको नजिक सुतेका उनीहरूले ओछ्याएको गुन्द्री र सिरक चुल्होतिर पुगेर आगो सल्केको र उनीहरूको शरीरको केही भाग पोलिएकोले धुँवाले निसासिएर ज्यान गएको हुनसक्ने प्रहरीको अनुमान छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 197

प्रतिक्रिया (०)

सम्बन्धित खबर