Aamsanchar

रुसद्वारा फेसबुकपछि ट्विटर र युट्युबमा पनि प्रतिबन्ध

Author Image
शनिवार, फागुन २१, २०७८

एजेन्सी – रुसले सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने कार्यलाई निरन्तरता दिएको छ । बिरोधका स्वरहरु आउने माध्ययममा रुसले प्रतिबन्ध लगाउने कार्यलाई निरन्तरता दिएको हो । रुसले फेसबुकपछि ट्विटर र युट्युबमा पनि प्रतिबन्ध लगाएको छ ।

रुसमा युट्युब, ट्विटर र फेसबुक सबैभन्दा लोकप्रिय सामाजिक सञ्जाल हुन् । रुसको देशको मिडिया नियमाक रोस्कोमनाडजोरले ट्विटर र युट्युबमा प्रतिबन्ध लगाएको रुसी समाचार सेवा तासले जनाएको छ । रुसले युक्रेनमा २४ फेब्रुअरीदेखि आक्रमण सुरु गरेको थियो । उक्त आक्रमण सुरु भएदेखि नै रुसको चौतर्फी आलोचना हुँदै आएको छ ।

Views: 284

प्रतिक्रिया (०)

सम्बन्धित खबर