Aamsanchar

आजको मौसम बारे जानकारी

Author Image
आइतवार, फागुन २२, २०७८

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका प्रदेश १, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा मौसम बदली हुने भएको छ।,हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नभए पनि यी प्रदेशमा भने आंशिक बदली हुने भएको हो।

हाल देशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो ती चार प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहने छ। आज राति देशको सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।

Views: 927

प्रतिक्रिया (०)

सम्बन्धित खबर
आजको मौसम
बुधवार, फागुन २७, २०८२
आजको माैसम
सोमवार, फागुन २५, २०८२
कहिले खुल्छ आकाश ?
आइतवार, फागुन २४, २०८२