
आज सम्पन्न खेलमा एपीएफ टिमका जर्सी नं. २ का खेलाडी विश्वास उदास । फोटो:विनोद पाण्डे/आमसंचार

बिर्तामोड । डोमालाल राजवंशी रंगशालमा जारी ५ औं झापा गोल्डकपको भोली हुने चौथो खेलमा सम्पूर्ण महिलाहरुले निशुल्न खेल हेर्न पाउने भएका छन् ।

नारी दिवसको सन्दर्भलाई लिएर आयोजकले महिलाहरलाई निशुल्क खेल हेर्ने अबसर प्रदान गरेको हो ।

महिलाहरुलाई फुटवल खेलप्रती आकर्षित गराउन, नारी दिवसलाई उल्लासमय बनाउन र महिलाहरुको सम्मान गर्दै निशुल्क रंगशाला प्रवेश दिने समितिले निर्णय गरेको झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेतले आमसंचारलाई बताए ।

डोमालाल रंगशालामा २१ गगे देखि सुरुभएको झापा गोल्डकपमा भोली संकटा क्लव र थ्रिस्टार बिच प्रतिस्पर्दा हुने छ ।
Views: 705

