Aamsanchar

हामी युवाको टोली खाप टोलमा पुग्यो

Author Image
मङ्गलवार, फागुन २४, २०७८

बिराटनगर । हामी युवाका सस्थाले विराटनगर १९ स्थित खोलाको किनारमा वसोवास गर्ने खाप टोलका महिला दिदी–बहिनीहरु संग ११२ औ अन्तर्राष्ट्रिय महिला दिवस मनाएको छ ।

महिला दिवसको जानकारी प्रदान, महिलाहरुको अधिकारको वारेमा सुसुचित गर्ने, आफ्नो तथा वालवालिकाको सरसफाईको महत्वको जानकारी दिने, महिनावारी भएको वेला महिलाहरुले सरसफाई, स्वास्थ्यमा पु्र्याउनु पर्ने ध्यान तथा सेनेटरी प्याडको प्रयोगको वारेमा समेत सचेतना गराई, आवश्यक केही थान सेनेटरी प्याड समेत वितरण गरेको हो ।

समाज सेवा अध्ययन गरिरहेका हामी युवाका सदस्यहरुले त्यस ठाउँको स्थलगत अवलोकन गरेर त्याँहाको अवस्थाका बारेमा नमुना सर्भे फारम समेत भरेका थिए ।

हामी युवाले गरेको क्रियाकलावलाई केही दिनमा आफ्नो वेवसाईट मर्फत सार्वजनिक गर्ने हामी युवाकी अध्यक्ष जिना कार्कीले बताइन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 610

प्रतिक्रिया (०)