

मेचीनगर । कार्यालय नहुदा झोलाबाटै पार्टीको कार्यक्रम( गतिविधि गर्दै आएको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) मेचीनगर -११ ले बुधबारदेखि आफ्नै कार्यालयबाट पार्टीको काम शुरु गरेको छ ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) मेचीनगर -११ को पार्टी कार्यालय उद्घाटनपछि गतिविधि सुरु गरेको हो ।
उद्घाटन कार्यक्रमका प्रमुख अतिथि, प्रदेश कमिटी सदस्य तथा क्षेत्र नं १ का इन्चार्ज प्रकाश भन्डारी (संजोग) को बाहुलीबाट कार्यालयको उद्घाटन भएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रकाशले सबै तहका नागरिकसग पार्टीको बैचारिक र राजनीति अडानलाई बुझाउन कार्यालयको आवश्यक परेकोले कार्यालय स्थापना गरिएको बताए ।
कार्यक्रममा बिषेश अतिथि प्रदेश ुखु संयोजक नरेन्द्र मेचे, नगर अध्यक्ष राजन चिमरीया, बद्रीनाथ फूयल ९द्यल्ए०, नगर सह-इन्चार्जहरु क्रमशः शान्तिराम चिमरीया, बाबुलाल सुब्बा, नगर उप-सचिव कृष्णकौशल सिटौला,नगर सदस्य होमप्रकाश आचार्य, अबिनाश धिताल, मोहन रसाईली, लक्ष्मी गौतम, पार्टीका युवा नेता खगेन्द्र सिग्देल, वड़ा नं(१४ अध्यक्ष मुनीलाल राजवंशी, बिष्णु चौधरी, जगत ल्वागुन, वाईसिएल बिध्यार्थी नेताको सहभागीता रहेको थियो ।

रामकुमार रिजालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सन्चालन सचीव चन्द्रबहादुर बर्देवाले गरेका थिए ।

