

झापा । झापाको मेचीनगर नगरपालिका–५ पिपल डाँडामा शंकास्पत अवस्थामा एक महिलाको मृत्यु भएको छ ।

बुधबार घरबाट घास काटन जान्छु भनेर हिडेकी स्थानीय ६८ बर्षे अम्बिका कुँवरको घर देखि २ सय मिटर पस्चिममा लास फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता बसन्त पाठकले जानकारी दिए ।
घास काटन गएकी अम्बिका साँझ सम्म पनि घर नफर्के पछि खोजतलास गर्दै जादा राती ८ बजेको समयमा मृतकका श्रीमान जगत कुँवरले लिलाराज देबकोटाको बाझो खेतमा मृत अवस्थामा देखेपछि तत्काल सिमा प्रहरी चौकी नकलबन्दामा खबर गरेका थिए ।

प्रहरीको टोलीले घटनास्थल सुरक्षित राखी थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागि जिल्ला प्रहरी कार्यालय झापा प्रमुख बिश्वमणी पोखरेल र इलाका प्रहरी कार्यालय.काकडभिट्टाबाट प्रमुख सुनिल दाहाल सहितको टोलीले अनुसन्धान गरिरहेको छ । त्यस्तै संघिय प्रहरी इकाई धरान डग शाखाबाट ५ जनाको टोली र २ वटा कुकुर समेत अनुसनधानमा प्रयोग गरिएको थियो ।
घटनाको अनुसन्धानको क्रममा जिल्ला झापा मेचीनगर–५ बस्ने बर्ष २७ को रणबहादुर बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बस्नेतलाई हिजोे झापा जिल्ला अदालतबाट दिन ७ म्याद थप गराई थप अनुसन्धान भइरहेको प्रहरीजे जनाएको छ ।
लासलाई कानुनी प्रकृया पुरा गरी पोष्टमार्टमको लागि स्वास्थ्य बिधिबिज्ञान प्रगोगशाला धरान सुनसरी पठाईएको छ ।

