काठमाण्डाै – खप्तड गोल्डकप फुटबलको उपाधिका लागि आज मनाङ मर्स्याङ्दी क्लब र फ्रेन्ड्स क्लब खेल्दै छन् । धनगढी रङ्गशालामा हुने फाइनल खेल दिउँसो साढे २ बजे हुनेछ । दुवै टोलीले उपाधि जित्ने दाबी गरेका छन् ।
मनाङका प्रशिक्षक राजेन्द्र तामाङले आज जितका लागि खेल्ने बताएका छन् ।
यस्तै, मनाङका कप्तान अन्जन विष्टले प्रतियोगिताको सबै खेललाई फाइनल सरह नै लिएको र फाइनलका लागि पनि आफूहरु त्यही तयारीमा रहेको बताएका छन् ।
मनाङ सेमिफाइनलमा हिमालयन शेर्पा क्लबलाई पेनाल्टीमा ४–२ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो भने फ्रेन्ड्सले वाग्मती युथ क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।
प्रतियोगिताको विजेताले २१ लाख नगद र उपविजेता टोलीले १० लाख नगद पुरस्कार प्राप्त गर्नेछन् ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 89