Aamsanchar

मेचीनगरमा आदिवासी जनजातिको ‘खाना महोत्सव सम्पन्न

Author Image
आइतवार, फागुन २९, २०७८

झापा। आदिवासी जनजाति महासंघ मेचीनगर-१४ ले एक दिवसीय ‘खाना महोत्सव’ सहित लोक(सांस्कृतिक कार्यक्रम झापाको धाइजनमा सम्पन्न गरेको छ ।

शनिबार ११ जातीको बसोबास रहेको झापाको मेचीनगरका सबै जात-जातिले आआफ्नो खानाको परिकार प्रर्दशनी गरेका थिए ।
साथै सास्कृतिक विभिन्न दर्जनबढी जाति वा संघसंस्थाले आआफ्नो लोक तथा मौलिक झल्कने खानाको परिकार, पोशाक, शृगारका सामाग्रीको स्टल नै राखेका थिए।
मौलिक झल्कने सास्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

मेचीनगर नगरपालिकाका मेयर बिमल आचार्यको प्रमुख आतिथ्यता सम्पन्न कार्यक्रममा ११ जातीले बनाएको खानाको परिकार आगन्तुक अतिथिलाई खान दिईएको थियो ।
कार्यक्रममा नेपाल र भारतका विभिन्न ठाँउबाट सास्कृतिक झाकीसहित कलाकारहरको सहभागीता रहेको आदिवासी जनजाति महासंघ मेचीनगर-१४ का अध्यक्ष मुनिलाल राजबंशीले जानकारी दिए ।

कार्यक्रममा विशिष्ठ अतिथि मेचीनगरका उपमेयर मिना पोख्रेल, नेपाल आदिवासी महसंघका जिल्ला अध्यक्ष भरत श्रेष्ठ, वडा नम्बर -१४ का अध्यक्ष शंकर पोख्रेललगायतले बोलेका थिए ।

मुनिलाल राजबंशीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन प्राज्ञ पवन राजबंशी, ममता राजबंशी र सपना राजबंशीले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 606

प्रतिक्रिया (०)