Aamsanchar

मोरङ : १८ महिने बालिकाको हत्या आरोपमा दुईजना पक्राउ

Author Image
आइतवार, फागुन २९, २०७८

विराटनगर : १८ महिने बालिकाको हत्या आरोपमा दुईजना पक्राउ परेका छन्। मोरङको सुन्दरहरैचा नगरपालिका-७ की बालिकाको हत्या आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको हो।दुई जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी मञ्जिल मुकारुङले जानकारी दिए। तर‚ पक्राउ परेकाहरूको नाम भने सार्वजनिक गरिएको छ। आइतवार दिउँसो पत्रकार सम्मेलन गरेर घटनाको विस्तृत जानकारी दिने तयारी गरिएको मुकारूङले बताए।

घरबाट शुक्रवार अपराह्न ४ बजे हराएकी बालिका ५ बजेतिर घरभन्दा १५० मिटर दूरी पश्चिममा अचेत अवस्थामा फेला परेकी थिइन्। उनको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा शनिबार मृत्यु भएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 445

प्रतिक्रिया (०)

सम्बन्धित खबर