Aamsanchar

खेलकुद महासंघ कनकाई अध्यक्षमा सुवेदी

Author Image
आइतवार, फागुन २९, २०७८

सुरुङ्गा । नेकपा एमालेको भातृ संगठन नेपाल खेलकुद महासंघको कनकाई नगर अध्यक्षमा गोविन्द सुवेदी सर्वसम्मत चयन भएका छन् ।
‘खेलकुद नागरिकको मौलिक अधिकार, समृद्धिका लागि जनस्वास्थ्य हाम्रो सरोकार’ नारासहित सम्पन्न कनकाई उद्योग वाणिज्य संघको सभाहलमा भएको प्रथम नगर अधिवेशनबाट सुवेदीको नेतृत्वमा ७१ सदस्यीय नगर कमिटी गठन गरिएको हो । कनकाई खेलकुद प्रतिष्ठान (कासा) का कार्यसमिति सदस्य, पुकार अपाङ्ग अशक्त सेवा समाजका सचिव, फ्रेन्ड्स् ग्रुप नेपाली मञ्च नेपालका केन्द्रीय सचिव लगायतका विभिन्न सामाजिक संघसंस्थामा रही जनसेवामा समर्पित रहेका सुवेदी कनकाई नगर क्षेत्रमा युवामाझ अति नै लोकप्रिय मानिन्छन् । हाल सुवेदी एमाले कनकाई ३ नम्बर वार्डको सहसचिवको भुमिकामा समेत रहेका छन् । कोभिड–१९ महामारीको समयमा उनले व्यक्तिगत पहलमा खाद्यान्न, रिचार्ज वितरण तथा भारत लगायतका देशबाट फर्कनेहरूलाई घरसम्म सुरक्षित अवस्थामा पु¥याउने, विभिन्न सार्वजनिक भवनमा क्वारिन्टिनमा राखिएकालाई आवश्यक सहयोग गरेका थिए ।

नगर महासंघको उपाध्यक्षमा चेतराज श्रेष्ठ, सचिवमा सागर सुब्बा, सहसचिवमा शुक्रराज भण्डारी र अर्जुन चौधरी तथा कोषाध्यक्षमा सीता राई चुनिएका छन् ।

युवा नेता एवम् खेलकुद महासंघ कनकाईको इञ्चार्ज पूर्ण लिम्बुको सभापतित्व र नेपाल खेलकुद महासंघका प्रदेश अध्यक्ष राजकुमार थापाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा एमाले जिल्ला सदस्य ओमप्रसाद पाठक, सामाजिक व्यक्तित्व श्याम ओली, नगर उपाध्यक्ष विनोद राना, नगर सहसचिव दीपक चापागाईं, एमाले नेतृ सीता बस्नेत, युवा नेता छबि थपलिया, कनकाई नगरपालिका वार्ड नं. ४ अध्यक्ष गोविन्द्रसाद पौडेल, ८ नं. वार्ड अध्यक्ष प्रेम कटुवाल लगायतको आतिथ्य रहेको थियो । कार्यक्रममा एमाले क्षेत्र नं. ४ का इञ्चार्ज एवम् प्रदेश सांसद हिराकुमार थापा, एमाले जिल्ला सदस्य तुलाराम बस्नेत, पार्टीका कनकाई नगर इञ्चार्ज रविन्द्र लम्साल, कनकाई नगर अध्यक्ष खडग प्रसाई, एमाले झापा गाउँपालिका अध्यक्ष गजेन्द्र ताम्ली, महासंघका केन्द्रीय सदस्य सुनिल भेटवाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
नेपाल खेलकुद महासंघ झापा अध्यक्ष भवानी बरालको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन एमाले युवा नेता तथा कनकाई नगर २ नम्बर वार्ड परिषद् सदस्य प्रताप राईले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 800

प्रतिक्रिया (०)

सम्बन्धित खबर