Aamsanchar

दाना फोस्रो हुने धानको बिउ बेच्ने काष्ठमण्डल ट्रेड प्वाइन्ट किसानलाई क्षतीपुर्ती नदिने पक्षमा

Author Image
मङ्गलवार, चैत १, २०७८

कृषि तथा पशुपक्षी विकास मन्त्रालयले कालीमाटीमा रहेको काष्ठमण्डल ट्रेड प्वाइन्टलाई कारबाही गर्नका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग सहयोग मागेको छ । काष्ठमण्डलले सिफारिस नै नगरिएको ठाउँमा चिनियाँ कम्पनीको ‘डीवाइ २८’ जातको धानको बिउ बेचेको थियो । किसानलाई क्षतिपूर्ति दिनुको साटो कानूनअनुसार सजाय भोग्ने बताएपछि कृषि मन्त्रालय उद्योग मन्त्रालयलाई गुहारेको हो ।

त्यो धानको बिउ लगाएपनि दाना नलागेपछि किसान बिचल्लीमा परेका थिए । त्यसपछि किसानले आन्दोलन गरेका थिए । आन्दोलनपछि काष्ठमण्डप क्षतिपूर्ति दिन तयार भएको थियो । कीर्तिपुर र बुढानिलकण्ठमा वितरण पनि गर्‍यो । तर, क्षतिपूर्ति दिनुभन्दा कानून अनुसार कारबाही नै भोग्दा सस्तो पर्ने ठान्दै काष्ठमण्डपले अरू बाँकी किसानलाई क्षतिपूर्ति दिएको छैन ।

क्षतिपूर्ति नपाएका किसानले पुनः आन्दोलन थालेका थिए । विभागीय मन्त्रालयले काष्ठमण्डपसँग सम्पर्क गर्दा त्यसका सञ्चालकले ‘बरु जेल बस्छु, तर किसानलाई क्षतिपूर्ति तिर्न सकिँदैन । कानूनअनुसार क्षतिपूर्ति तिर्दा २० देखि २५ हजार रुपैयाँमा हुँदोरहेछ । किसानको क्षतिपूर्ति दिँदा एक करोड रुपैयाँ खर्च हुने भयो’ भन्ने प्रतिक्रिया दिएको अधिकारीहरू बताउँछन्‌ ।

कृषि मन्त्रालयको बीउबिजन ऐन फितलो भएको मौका छोपी काष्ठमण्डल त्यसबाट उम्किन खोज्दा कृषिले उद्योगलाई गुहारेको हो । कृषि र उद्योग मिलेर उपभोक्ता संरक्षण ऐनअनुसार उसलाई कारबाही गर्ने तयारी थालेको छ । ललितपुरका कृषि ज्ञान केन्द्रका प्रमुख कृष्णभद्र अधिकारीले उपत्यकाका १२ वटा नगरपालिकामा सात हजार ८०० रोपनीमा लगाइएको ‘डीवाइ २८’ जातको धानमा बाला नलागेको बताए । त्यसको क्षतिपूर्ति एक करोड ५७ लाख ६८ हजार रुपैयाँ हुनजान्छ । श्रोत: रातोपाटी

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 364

प्रतिक्रिया (०)

सम्बन्धित खबर