

काठमाडौं – भारतमा जारी यू–१८ महिला साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज बिहीबार बंगलादेशसँग खेल्दैछ ।

भारतको जमसेदपुरमा नेपाल र बंगलादेशबीच खेल बेलुका सवा ७ बजे सुरु हुनेछ ।

प्रतियोगिताको पहिलो खेलमा भारतसँग पराजित भएको नेपाल पहिलो जितको खोजिमा हुने छ । बंगलादेश पनि नेपाललाई हराएर सुखद सुरुआत गर्न चाहन्छ ।

पहिलो खेलमा नेपाल आयोजक भारतसँग ७–० ले पराजित भएको थियो ।
डबल राउण्ड रोबिनको आधारमा हुने च्याम्पियनसिपमा नेपाल, भारत र बंगलादेशको सहभागिता रहेको छ ।
Views: 527

