Aamsanchar

देशकै दोश्रो ठुलो विद्युत सबस्टेसन उद्घाटन

Author Image
शनिवार, चैत ५, २०७८

प्रधानमन्त्री शेरबहादुर देउवाले देशकै दोश्रो ठुलो २२०/१३२ केभी खिम्ती सबस्टेसनको उद्घाटन गरेका छन् । रामेछापको मन्थली नगरपालिका १३ स्थित साँखे (फुलासी) मा निर्माण सम्पन्न भएको उक्त सवस्टेशनको प्रधानमन्त्री देउवाले शनिबार उद्घाटन गरेका हुन् ।

उक्त सबस्टेसन स्वदेशी पूँजीमा निर्माण भएको मुलुककै ठूलो ४५६ मेगावाटको राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको एउटा मुख्य भाग हो । माथिल्लो तामाकोसी आयोजनाले नै निर्र्माण गरेको सबस्टेसन नेपालमा हालसम्म निर्माण र सञ्चालनमा रहेको ढल्केबरपछिको दोस्रो ठूलो सवस्टेशन हो ।नेपालका लागि आर्थिक विकासको एक खम्बा भनेको उर्जा रहेको छ ।

तामाकोसी र त्यसका सहायक नदी तथा खोलाबाट उत्पादित विद्युत जोडिने नयाँ खिम्ती सब स्टेसनबाट करिब एक हजार दुई सय मेगावाटसम्म विद्युत प्रवाह गर्न सकिनेछ । माथिल्लो तामाकोसी जलविद्युत आयोजनाबाट उत्पादित विद्युत ४७ किलो मिटर लामो २२० केभी डवल सर्किट प्रसारण लाइनबाट नयाँ खिम्ती सवस्टेशन जोडिएको छ ।

माथिल्लो तामाकोसीको अतिरिक्त ६० मेगावाट क्षमताको खिम्ती पहिलो, ५२.४ मेगावाट क्षमताको लिखु चौथो र २४.२ मेगावाट क्षमताको लिखु खोला ‘ए’ बाट उत्पादित विद्युत यही सबस्टेसनमा जोडिएको छ ।

त्यस्तै, नयाँ खिम्ती सवस्टेसनमा जोडिएको विद्युत ७६ किलोमिटर २२० केभी प्रसारण लाइनबाट धनुषाको ढल्केवरस्थित ४००/२२०/१३२ केभी सबस्टेसनमा लगिएको छ । ढल्केबरबाट मुलुकभित्र खपतका लागि पूर्व–पश्चिम पठाइएको छ भने बढी भएको विद्युत ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत भारततर्फ निर्यात गरिएको नेपाल विद्युत प्राधिकरणले जानकारी दिएको छ । श्रोत: रातोपाटी

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 530

प्रतिक्रिया (०)

सम्बन्धित खबर