Aamsanchar

खरबुजा खानुका फाईदा र वेफाईदा

Author Image
शनिवार, चैत ५, २०७८

गर्मी सुरु भए संगै गाउँ सहरमा खरबुजाको माग ह्वात्तै बढने गरेको छ । सरबुजा एउटा यस्तो फल हो जसमा पानीको मात्रा अत्यधिक हुन्छ । त्यसैले गर्मीमा यसको सेवनले शरीरमा पानीको कमी हुन दिँदैन भने शरीर विशेषगरी पेटलाई चिसो बनाइराख्छ । खरबुजा खानु विभिन्न रोगका लागि फाइदाजनक पनि मानिन्छ ।

खरबुजा तौल घटाउन पनि निकै सहयोगी हुन्छ तर यो केही निश्चित रोगीले खानु हुँदैन । खरबुजा खाँदा कस्ता फाइदा हुन्छन् र यो कुन रोग लागेका व्यक्तिले खानु हुँदैन, यसबारे जानकारी लिऔं ।

पत्थरी भएकालेः

जसको मृगौलामा पत्थरी छ, उनीहरुले खरबुजा धेरैभन्दा धेरै खानुपर्छ । खरबुजामा अत्यधिक पानी हुन्छ र यसले मृगौलालाई डिटक्स गर्न मद्दत गर्छ, त्यसकारण यो खाँदा फाइदा नै हुन्छ ।

तौल घटाउन फाइदाजनकः

तौल नबढ्ने खानाको खोजीमा हुनुहुन्छ भने खरबुजा तपाईंका लागि राम्रो विकल्प हुनसक्छ । खरबुजामा निकै थोरै क्यालोरी हुन्छ र यो खाएपछि चाँडै भोक लाग्दैन । सय ग्राम खरबुजामा मात्र ३० ग्राम क्यालोरी हुन्छ । यसमा करिब १ मिलिग्राम सोडियम, कार्बोहाइड्रेट ८ ग्राम, फाइबर ०।४ ग्राम, सुगर ६ ग्राम, भिटामिन ए ११ प्रतिशत, भिटामिन सी १३ प्रतिशत, प्रोटिन ०।६ ग्राम पाइन्छ ।

फोटो श्रोत: गुगल

प्रतिरोधी क्षमता बलियो बनाउँछ र आँखाका लागि पनि फाइदाजनकः

भिटामिन सी र ए प्रचुर मात्रामा भएको खरबुजाले प्रतिरोधी क्षमता बलियो बनाउँछ । यो आँखाका लागि पनि निकै फाइदाजनक मानिन्छ ।

दिमाग शान्त बनाउँछः
खरबुजा चिसो फल हो । यो खाँदा पेट मात्र नभइ दिमाग पनि शान्त रहन्छ । यसको बियाँलाई पिसेर निधारमा लगाउँदा टाउको दुखेको पनि कम हुन्छ ।

उच्च रक्तचाप भएकालाईः
रच्च रक्तचापको समस्या भएकाले खरबुजा खानुपर्छ । खरबुजामा निकै कम सोडियम हुन्छ र यो चिसो पनि हुन्छ ।

यी व्यक्तिले नखाने खरबुजाः
– दम र एलर्जीको समस्या भएका व्यक्तिले खरबुजा खानु हुँदैन । यो चिसो हुन्छ र यसले सास नली सुन्निने गर्छ ।
– भात वा दही खाने बित्तिकै खरबुजा खानु हुँदैन ।
– खाली पेटमा पनि खरबुजा खानु हुँदैन । खाली पेटमा खरबुजा खाँदा बान्ता हुने वा पेटको अन्य समस्याको कारण बन्न सक्छ ।
– खरबुजा खाने बित्तिकै पानी नपिउनुहोस् । तुरुन्त पानी पिउँदा बानी हुनसक्छ ।
– राती सुत्नेबेला पनि खरबुजा खानुहुँदैन किनभने यसले कफ बढाउन सक्छ ।
खरबुजाले स्वास्थ्यमा फाइदा पुर्याउँछ तर आफ्नो समस्या हेर्दै यो खाने कि नखाने भनेर निर्णय लिनुहोस् किनभने केही स्थितीमा खरबुजा फाइदाजनक हुँदैन । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 545

प्रतिक्रिया (०)

सम्बन्धित खबर