बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका वडा नम्बर १ मा रहेको श्रीकृष्ण टोल र पाथीभरा सिने प्लाजा टोल जोडने गरि अदुवा खोलामा पुल निर्माण हुने भएको छ ।
वारी पारी गर्न समस्या भोग्दै आएका यस क्षेत्रका स्थानियका लागि फलामे पुल निर्माण गर्न लागिएको हो ।
पुलको सोमबार संविधानसभा सदस्य मनकुमार गौतम,बिर्तामोड नगरपालिकाका नगरप्रमुख ध्रुवकुमार शिवाकोटी,उपप्रमुख पवित्रा महातारा प्रसाई र वडा नम्बर १ का वडाध्यक्ष अग्नि पाण्डेले संयुक्तरुपमा धार्मीक विधिअनुसार शिलान्यास गर्नु भयो । यस अघी स्थानिय सरकार, संघ संस्था र नागरिकको सक्रियतामा ११ स्थानमा फलामे पुल निर्माण भई सकेको नगरका प्रवक्ता अग्नीप्रसाद पाण्डेले बताए ।
१८ लाख रुपैयाँको कुल लागतमा निर्माण हुन लागेको यस पुलको लागि बिर्तामोड नगरपालिकाले १५ लाख रुपैयाँ र बाँकी उपभोक्ता समितिले व्यहोर्ने जनाइएको छ ।
चार पाङ्ग्रे साना सवारी गुड्न मिल्नेगरि निर्माण हुने यस पुलको लम्बाई करीब ४० फुट रहने छ । पुल ३० दिन भित्रमा निर्माण सम्पन्न गर्ने योजना रहेको उपभोक्ता समितिका अध्यक्ष विनोद शाहले जानकारी दिनु भयो ।