Aamsanchar

रोटरीद्वारा बिर्तामोडमा तिन दिने डाईलैसिस उपकरण तालिम सम्पन्न

Author Image
मङ्गलवार, चैत ८, २०७८


बिर्तामोड । रोटरी क्लब अफ बिर्तामोड मिडटाउन र मनमोहन सामुदायिक अस्पतालको सयुक्त आयोजनामा तिन दिने डायलिसिस उपकरण संचालन तालिम सम्पन्न भएको छ ।

बिर्तामोडमा अवास्तिथ रोटरी क्लब अफ बिर्तामोड मिडटाउन डायलिसिस सेन्टरमा डायलिसिस उपकरणको संचालन, संरक्षण र रोगिको प्रकार अनुसार उपकरणको प्रयोग सम्बन्धि तालिम दिएको थियो ।

पंकज लम्साल मुख्य प्रशिक्षक रहेको सो तालिममा ३० जना स्वास्थ परिचालिकाले तालिममा भाग लिएको रोटरी क्लवका अध्यक्ष दिनेश पोखरेलले जानकारी दिए ।

तातिममा मुख्य प्रशिक्षक लम्सालका अनुसार बिर्तामोडमा रोटरी क्लब अफ बिर्तामोड मिडटाउन डायलिसिस सेन्टर राजधानी बाहिर तथा झापाकै आधुनिक एवं उत्कृष्ट डायलिसिस सेन्टर रहेको बताए। सो डायलिसिस सेन्टरले अहिले रु दुई हजार पाँच सय रुपैंयामा औषधि सहितको  सेवा उपलब्ध गराउदै आएको बताईएको छ ।

अति विपन्न वर्गलाई रोटरीले निशुल्क सेवा पनि दिदै आएको र केही दिनमै स्वस्थ्य मन्त्रालयबाट अनुदानको प्रक्रिया अन्तिम चरणमा पुगेको अध्यक्ष पोखरेलले बताए ।

रोटरी क्लब अफ बिर्तामोड मिडटाउन डायलिसिस सेन्टरकी मुख्य प्रवक्ता शुभ कुमाई पाठकका अनुसार समय र बदलिदो प्रविधिको आवश्यकता अनुसार आगमी दिनमा पनि यस्ता तालिमहरु संचालन गरिने र यसका लागि मनमोहन समुदायक अस्पताल संग निरन्तर सहकार्य रहने छ ।

मनमोहन समुदायक अस्पतालका अध्यक्ष नरेश खरेलको अध्यक्षतामा आयोजित कार्यक्रमको संचालन रोटरी क्लबका पुर्व अध्यक्ष भेषराज भण्डारीले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 466

प्रतिक्रिया (०)