स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा समान विचारधारा भएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र रवीन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टीबीच एकताको तयारी तीव्र बनेको छ । पछिल्लो केही सातायता दुई पक्षबीच वार्ताको क्रम बाक्लिएको छ ।
राप्रपा उच्च स्रोतका अनुसार छिट्टै एकता घोषणा गर्ने गरी दुई पक्षीय छलफल अघि बढेको छ । जसअनुसार राप्रपाले अन्य पार्टीसँग एकताका लागि बनाएको वार्ता टोलीका संयोजक तथा महामन्त्री डा। धवल शमशेर राणाले विवेकशील साझाका नेताहरूसँग विभिन्न चरणको छलफलमार्फत एकताको मोडालिटीमा मोटामोटी सहमति जुटाइसकेका छन् । यस्तै अध्यक्ष राजेन्द्र लिङ्देन र विवेकशील साझाका अध्यक्ष रवीन्द्र मिश्रबीचसमेतको वार्ताले पनि एकतालाई मूर्तरूप दिएको नेताहरूको भनाइ छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 449