Aamsanchar

बिर्तामोडमा एकैसाथ एक हजार जनालाई युवा लक्षित तालिम दिने तयारी

Author Image
बिहिवार, चैत १०, २०७८

बिर्तामोड । झापाको बिर्तामोडमा एकै पटक १ हजार जनालाई सकारात्मक सोच, सफल व्यवसायी कसरी बन्न सकिन्छ भन्ने जस्ता युवा लक्षित ‘अ डे वीथ सन्दिप क्षेत्री’ नामक तालिम संचालन गर्ने तयारी गरिएको छ ।

भिप्रा एडभरटाइजिङ मिडिया प्रा.लि. संगको सहकार्यमा स्काई क्रिएटर्स इन्टरटेन्मेन प्रा.लि ले तालिम गराउने तयारी गरेको हो ।

एकै साथ १ हजार जनालाई सहभागी गराएर गरिने तालिम झापामै पहिलो सबैभन्दा धेरै सहभागी रहेको ठुलो तालिम हुने आयोजकले दावी गरेको छ ।

एसईई सकेपछि जो उच्च शिक्षा अध्ययन गरिरहेका झापाका विभिन्न कलेजका विद्यार्थीहरुलाई दिइने तालिमको सहजीकरण सन्दिप क्षेत्रीले गर्ने भएका छन् । सहजकर्ता क्षेत्री राष्ट्रिय हास्य कलाकार पनि हुन् ।
यही चैत्र २६ गते विर्तामोड स्थित सिटी सेन्टरमा आयोजना हुने तालिमको तयारी तिब्र रुपमा भईरहेको आज बिर्तामोडमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा आयोजक संस्था स्काई क्रिएटर्स इन्टरटेन्मेन्नका अध्यक्ष सन्दिप राजवंशीले जानकारी दिए ।

कक्षा ११ र १२ सहित स्नातक तथा स्नातकोत्तर गर्दै गरेका विद्यार्थीहरु र अन्य इच्छुकले पनि तालिलमा सहभागी जनाउन सक्ने छन् । जसकालागि विद्यार्थीले पाँच सय र अरुले एक हजार रुपैया प्रवेश शुल्क तिर्नु पर्ने इभेन्ट डाईरेक्टर दिक्षा खातीले बताईन् ।

तालिममा सहभागी हुनेहरुले आफूमा भएको क्षमतालाई अभिवृद्धि गर्दै आगामी दिनमा आफ्नो जीवनलाई कुन दिशामा लाने र कसरी आफ्नो व्यवसायिक यात्रालाई अघी बढाउने जस्ता विषयहरु समेटिने भिप्रा एडभरटाइजिङ एण्ड मिडियाका कार्यकारी प्रमुख साइमन जंग बस्नेतले जानकारी दिए ।

सबै मानिसमा क्षमता एकै प्रकारको हुदैन । फरक–फरक क्षमताका मानिसको पहिचान गर्दै सबैलाई उद्यमशिलता संग जोड्न यो कार्यक्रम सेतुको काम गर्नेमा आसावादी रहेको भिप्राका सिइयो विमल राजवंशीले धारणा राखेका छन् ।

विगतका बर्ष देखि झापासहित प्रदेश १ का विभिन्न स्थानमा ब्युटीकन्टेस्ट, ट्रेनिङ, सेमिनार जस्ता कार्यक्रलाई सफलता पूर्वक सम्पन्न गराएर स्थापित बन्दै गएको भिप्रा र स्काई क्रिएटर्स मार्फत धेरै युवाहरुले आफ्नो भविश्यको लागि लक्ष्य सफलताको यात्रा तय गरि सकेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 26

प्रतिक्रिया (०)

सम्बन्धित खबर