Aamsanchar

एकदिवसीय क्रिकेटमा ५ सय रन पूरा गर्ने पहिलाे नेपाली खेलाडी बने राेहित पाैडेल

Author Image
शुक्रवार, चैत ११, २०७८

काठमाण्डाै – नेपालका युवा ब्याटर राेहित पाैडेलले पपुवा न्युगिनी (पीएनजी) सँगकाे खेलमा कीर्तिमान बनाएका छन् । राेहित पाैडेल एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पाँच सय रन पूरा गर्ने पहिलाे नेपाली खेलाडी बनेका हुन् ।

राेहित पूर्वकप्तान ज्ञानेन्द्र मल्ल र पारस खड्कालाई पछि पार्दै एकदिवसीयमा नेपालबाट सर्वाधिक रन बनाउने ब्याटर बनेका हुन् । याे समाचार तयार पार्दासम्म राेहितले ५४ बलमा ५० रन बनाउँदै क्रिजमा छन् । याे रन जाेड्दा उनले १६ खेलमा पाँच सय १२ रन पुगेकाे छ ।

एकदिवसीयमा नेपालबाट ज्ञानेन्द्रले चार सय ८० रन बनाउँदा पारस खड्काले तीन सय सय १५ रन बनाएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 438

प्रतिक्रिया (०)

सम्बन्धित खबर