Aamsanchar

अन्तर्राष्ट्रिय बजारमा व्यवसाय कसरी गर्ने बारेमा सुरुंगामा २५ जनाले लिए तालिम

Author Image
शुक्रवार, चैत ११, २०७८

कनकाई । झापाको कनकाई नगरपालिका स्थित सुरुंगामा अन्तर्राष्ट्रिय बजारको पहिचान र नेपाली उत्पादनलाई विदेशमा निर्यात कसरी गर्न सकिन्छ भन्ने विषयमा चार दिवसिय अभिमुखीकरण (तालिम) सम्पन्न भएको छ ।

उद्योग तथा आपुर्ती मन्त्रालय अन्तरगतको व्यापार तथा निर्यात प्रर्वधन केन्द्र ललितपुरको आयोजना र सुरुंगा जेसीजको सहजीकरणमा आज (शुक्रबार) तालिम सम्पन्न भएको हो ।
सुरुंगा जेसीजकी अध्यक्ष सुस्मा न्यौपानेको सभापतित्व र व्यायार तथा निर्यात प्रर्वधन केन्द्रका कार्यकारी निर्देशक सुयश खनालको प्रमुख अतिथ्यतामा भएको तालिम सम्पन्न कार्यक्रममा सुरुंगा जेसीजमा आवद्ध र स्थानिय स्तरमा व्यवसाय गर्दै आएका, व्यवसाय विषय लिएर अध्यनरत २५ जनाले सहभागिता जनाएका थिए ।

सहभागी हरुलाई व्यायार तथा निर्यात प्रर्वधन केन्द्रका उपनिर्देशकहरु सिद्धिचरण दाहाल र राजेन्द्र सिंह ,वरिष्ठ अधिकृत गोविन्द आचार्यले प्रशिक्षण दिएका थिए ।

चैत्र ८ गते देखि सुरु भएको तालिलमा जेसीजका पूर्व अध्यक्षहरु शिवकुमार कडेल, सरला दाहाल पोखरेल, निवर्तमान अध्यक्ष यदुका उप्रेतीलगायत पूर्व अध्यक्षहरुको पनि सहभागिता रहेको थियो ।
समापन कार्यक्रममा पूर्व अध्यक्ष कडेल, सहभागी प्रशिक्षार्थीहरुको तर्फबाट मञ्जिता भट्टराई र पंकज मेहेताले तालिम अत्यन्तै प्रभावकारी रहेको धारणा राखेका थिए ।

प्रमुख अतिथि सुयश खनालले नेपाली उत्पानलाई विदेशमा लगेर कसरी बिक्री गर्ने, व्यापारका लागि उपयुक्त देश कुन हुनसक्छ र कस्ता नेपाली वस्तुहरुको विदेशमा माग बढी छ भन्ने जस्ता सम्पूर्ण जानकारी र सहजिकरण प्रदान गर्न उद्योग तथा आपुर्ती मन्त्रालयले व्यापार तथा निर्यात प्रर्वधन केन्द्र शाखा नै स्थापना गरेको हो । यस विषयमा जो कोहीले बुझ्न चाहेमा व्यापार तथा निर्यात प्रर्वधन केन्द्रको कार्यालयमा सम्पर्क गर्न सकिने बताए । उनले भने ‘यस आर्थिक बर्षमा चार वटा यस्ता तालिम सम्पन्न भइसकेको छ । अझै तालिमको माग भए क्षेत्र र सम्भाविता बुझेर तालिम दिइने छ, नेपाली उत्पादनहरुमा चिया, पस्मिना लगायतका बस्तुको धेरै विदेशमा धेरै माग रहेको  छ । ’

तालिममा सुरुंगा जेसीजका तालिम संयोजक रिसवसिंह चाहारको संयोजकत्व रहेको थियो भने कार्यक्रमको संचालन सुरुंगा जेसीजकी कार्यकारी उपाध्यक्ष मेनुका उप्रेतीले गरेकी थिईन् ।

 

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 1097

प्रतिक्रिया (०)

सम्बन्धित खबर