Aamsanchar

एमाले स्थायी कमिटीको बैठक आज बस्दै

Author Image
आइतवार, चैत १३, २०७८

काठमाडौं : नेकपा एमाले स्थायी कमिटीको बैठक आज बस्दै छ। बैठक महाराजगञ्जस्थित रोयल दरबार रेस्ट्रो एन्ड भेन्युमा अपराह्न ३ बजे बोलाइएको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए।

बैठकमा हालै सम्पन्न केन्द्रीय कमिटीको तेस्रो बैठकबाट पारित विषयवस्तुका आधारमा स्थानीय निर्वाचन केन्द्रित ठोस कार्ययोजना बनाएर पार्टी पंक्तीलाई निर्वाचनमा परिचालन गर्ने योजना बनाइने रिजालले बताए।

स्थायी कमिटीमा पदाधिकारीसहित ४५ जना सदस्य छन्।

Views: 443

प्रतिक्रिया (०)

सम्बन्धित खबर