Aamsanchar

नेपालले आज थाइल्यान्डको क्लब चोनबरीसँग मैत्रीपूर्ण फुटबल खेल्दै

Author Image
आइतवार, चैत १३, २०७८

काठमाण्डाै – नेपाली राष्ट्रिय फुटबल टोलीले मैत्रीपूर्ण फुटबलमा आज थाइल्यान्डको क्लब चोनबरी एफसीसँग खेल्दैछ । नेपाल र चोनबरीबीचको खेल बेलुका पौने ६ बजे हुँदैछ । यसअघि थाइल्यान्डसँग भएको मैत्रीपूर्ण खेलमा नेपाल २–० ले पराजित भएको थियो ।

एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको खेल अघि नेपाल मैत्रीपूर्ण खेल खेल्न थाइल्यान्ड पुगेको हो । एसियन कप छनोटमा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् ।

Views: 393

प्रतिक्रिया (०)

सम्बन्धित खबर